अछामको अस्मिता होटेलबाट ५ जुवाडे पक्राउ

अछाम । अछामको साँफेबगर नगरपालिका–४ स्थित छिपेखोलास्थित अस्मिता होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–५ घर भएका ४८ वर्षीय चक्र चाडसहित अन्य ४ जना रहेका छन् । उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रुपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =