भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ३८ वर्षीय पुरुष पक्राउ

भक्तपुर । भक्तपुरको गठ्ठाघर क्षेत्रमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक ३८ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–४ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने भीम बहादुर राई रहेका छन् ।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा सोमबार राति प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =