‘काँक्रेविहार हाफ म्याराथन’को उपाधि जुम्लाका रोकायलाई

कर्णाली । ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले हात पारेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन् ।

उक्त दौडमा कालिकोटका विनोद रोकाय दोस्रो भए । उनले उक्त दूरी एक घण्टा नौ मिनेट ३९ सेकेण्ड र तेस्रो भएका एपिएफका गोपीचन्द्र पार्कीले एक घण्टा १० मिनेट २८ सेकेण्डमा उक्त दूरी पार गरे ।

आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु ७५ हजार र रु ५० हजार नगद प्रदान गरियो ।

महिलातर्फको खुला १० किलोमिटर दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भए । उनले ३६ मिनेट ४० दशमलव ६० सेकेण्डमा निर्धारित दूरी पार गरे ।

कूल ३७ मिनेट ३ दशमलव ११ सेकेण्डमा सो दूरी पार गरी जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र ३९ मिनेट २८ दशमलव ८८ सेकण्डमा निर्धारित दूरी पार गरी बाजुराकी सिर्जना पाण्डेले तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

पाँच किलोमिटर छात्रातर्फको दौड प्रतियोगितामा सुर्खेतकी कृष्णा रानाले जिते । उनले २० मिनेट ३४ दशमलव २ सेकेण्डमा दूरी पार गरे ।

जुम्लाकी अन्तिमा बुढा दोस्रो भए । उनले २० मिनेट ४५ दशमलव ५४ सेकेण्ड र तेस्रो हुनुभएकी बाँकेकी स्वस्तिका शाहीले २१ मिनेट २३ दशमलव २५ सेकेण्डमा निर्धारित दूरी पार गरे ।

प्रतियोतिामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

पाँच किलोमिटर दौडमा छात्रतर्फ कालिकोटका अनिल शाही पहिलो भए । उनले १५ मिनेट ३६ दशमलव १ सेकेण्डमा दूरी पार गरे ।

दोस्रो भएका जुम्लाका युवकराज बुढाले शाहीले १५ मिनेट ३६ दशमलव ३ सेकेण्ड र तेस्रो भएका सुर्खेतका भुवन चालिसेले १६ मिनेट ४३ दशमलव ३ सेकेण्डमा उक्त दूरी पार गरे ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु तीन हजार नगदसहित प्रमाणपत्र पाए ।

त्यस अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खेल क्षेत्रमा कर्णालीको उल्लेख्य प्रगति हुँदै गएको बताइन् ।

पछिल्लो समयमा कर्णाली खेल क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको र प्रदेश तथा स्थानीय सरकारले यसमा जोड दिएको बताइन् ।

‘दौडिन्छ कर्णाली’ भन्ने मूल नारासहित आज आयोजित प्रतियोगितामा सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले कर्णाली प्रदेशका उदयीमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =