अमेरिका–इरान शान्ति प्रक्रिया कार्यान्वयनका लागि पाकिस्तानी प्रधानमन्त्री स्विट्जरल्याण्डमा

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ इस्लामावाद समझदारी पत्र (एमओयू) कार्यान्वयनका विषयमा आयोजना हुने उच्चस्तरीय वार्तामा सहभागी हुन आईतवार स्विट्जरल्याण्डको जुरिच आइपुगेका छन् ।

प्रधानमन्त्रीको कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री सरिफले स्विट्जरल्याण्डको बुर्गेनस्टोकमा आयोजना हुने विशेष बैठकमा भाग लिनेछन् ।

सो उच्चस्तरीय वार्तामा प्रधानमन्त्रीका साथ पाकिस्तानी रक्षा बलका प्रमुख (सिडिएफ) फिल्ड मार्शल सैयद असिम मुनिरको पनि सहभागिता रहनेछ । आईतवार हुने उक्त बैठक मुख्यतया इस्लामावाद समझदारीको कार्यान्वयनमा केन्द्रित रहने बताइएको छ ।

संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति प्रक्रियालाई अगाडि बढाउने र आपसी सम्बन्धमा सुधार ल्याउने उद्देश्यले उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रधानमन्त्रीको यो भ्रमणलाई सोही शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =