करुणाको सन्देश बोकेर माइतीघरमा सडक नाटक (तस्बिरहरू)

काठमाडौँ । माइतीघर मण्डलामा शुक्रवार फरक दृश्य देखियो । दसैँ–तिहार तथा विभिन्न धार्मिक अवसरमा हुने पशुबलि र पशुमाथि हुने हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित स्नेहा केयरले सडक नाटक तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रमले परम्पराको नाममा हुने हिंसामाथि प्रश्न उठाउँदै सबै जीवप्रति करुणा र सम्मानको भावना विकास गर्न सडक नाटक मार्फत आग्रह गरेको थियो ।
सडक नाटकमार्फत कलाकारहरूले बोल्न नसक्ने जीवजन्तुले भोग्नुपरेको पीडा, मानिसको मनोरञ्जन वा परम्पराका नाममा उनीहरूमाथि हुने व्यवहार, र त्यसले समाजमा पार्ने नैतिक प्रभावलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए ।
माइतीघरको व्यस्त सडकछेउमा प्रस्तुत गरिएको यो सडक नाटक केवल प्रदर्शन मात्र थिएन, यो मानिस र अन्य जीवबीचको सम्बन्धलाई पुनः सोच्न आग्रह गर्ने एउटा सामाजिक हस्तक्षेप पनि थियो ।
हेर्नुहोस् तस्बिरहरू:










