सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यस अघि बैठकमा विपक्ष दलहरूको तर्फबाट एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकृतिका लागि राखेको प्रस्ताव अस्वीकृत भएको थियो । उक्त अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =