५० वर्षदेखि अलपत्र पोखरा बसपार्क क्षेत्रमा महानगरले चलायो डोजर (तस्बिरहरू)
२०८३ असार ४ गते

काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत ५ दशकदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन सुरु गरेको छ ।
लामो समयदेखि योजनामै सीमित रहेको यस बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीबार डोजर चलाइएको हो ।
विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र अवरोधहरू हटाउँदै निर्माण कार्यलाई अगाडि बढाउने लक्ष्य राखेको छ । गौरवको आयोजनाका रूपमा हेरिएको यस परियोजनालाई पूर्णता दिन महानगरले सक्रियता देखाएको हो ।
हेर्नुहोस् तस्बिरहरू:

२०८३ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित









