प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले वेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची अन्तर्गत बैठक जारी रहँदा उक्त पार्टीका सांसदहरूले उभिएर विरोध गरिरहेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले बस्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

विपक्ष दलहरूले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै संसदमा विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =