छतबाट हामफालेका डीएभी कलेजका विद्यार्थीको मृत्यु

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजका एक विद्यार्थीको कलेज भवनको छतबाट हामफालेपछि मृत्यु भएको छ ।

मृतक कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौं महानगरपालिका–७, चावहिल निवासी हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सिंहले सोमबार दिउँसो करिब साढे १२ बजे कलेजको छतबाट हामफालेका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सुमेरू सिटी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको र अस्पतालले मृत घोषणा गरेको एसपी मिश्रले बताए ।

प्रहरीका अनुसार सिंहले घटनाअघि एउटा कपीमा केही कुरा लेखेर छाडेका थिए । हिन्दी भाषाको रोमन लिपिमा लेखिएको उक्त सामग्रीको अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

‘उहाँले लेखेर छाड्नुभएको नोट अध्ययन गरिरहेका छौं,’ एसपी मिश्रले भने, ‘प्रारम्भिक अनुसन्धानका आधारमा लेखाइमा मानसिक समस्यासम्बन्धी संकेत देखिन्छ ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =