सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मेहनत र लगानी बढाउनुपर्ने हुन्छ: गुरुप्रसाद बराल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मेहनत र लगानी गर्नुपर्ने बताएका छन् ।

मंगलवार संघीय संसद् प्रतिनिधि सभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि समूहिकृत छलफलमा भाग लिँदै उनले उक्त आवश्यकता औँल्याएका हुन् ।

सांसद बरालले चीन, भारत, जापान लगायतका एसियाली मुलुकहरूले विकासको काममा सबैलाई चकित पार्नुको पछाडि उनीहरूले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको मेहनत र लगानी नै भएको हुनाले नेपालले पनि त्यो कुरालाई सिकेर अघि बढ्नुपर्ने स्पष्ट पारे ।

राष्ट्रहरूले आर्थिक उन्नति, सामाजिक उन्नति र पूर्वाधारको विकासको क्षेत्रमा अत्यन्तै धेरै प्रगति हुनुमा विज्ञान र प्रविधि क्षेत्रमा गरिएको लगानी नै रहेको सांसद बरालको निष्कर्ष थियो ।

उनले भने ‘विज्ञान र प्रविधिको क्षेत्रमा लगानी गर्ने राष्ट्रहरूले आर्थिक उन्नति, सामाजिक उन्नति र पूर्वाधारको विकासको क्षेत्रमा अत्यन्तै धेरै प्रगति गरेका छन् सभामुख महोदय । यही नजिकै एसियाको मात्रै सन्दर्भ हेर्ने हो भने चीन, जापान, भारत, थाइल्याण्ड, इन्डोनेशिया र दक्षिण कोरियाले यही विज्ञान र प्रविधिमा लगानी गरेर आज संसारलाई चकित पार्ने आफ्ना आफ्ना हैसियतका आर्थिक प्रगति हासिल गरेका छन् सभामुख महोदय । यसको भएको हुनाले विज्ञान र प्रविधि भनेको सबै ज्ञानको आधार हो । त्यसकारण यो क्षेत्रमा अत्यन्तै धेरै मेहनत र लगानी गर्नुपर्ने आवश्यकता छ सभामुख महोदय ।’

सांसद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माणमा पनि विशेष योजना ल्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =