फिफा विश्वकपः इराकसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत इराक र न्यूजिल्याण्डकाे खेल बराबरीमा राेकिएकाे छ । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको हाे ।

अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।

एलिजाह जस्टले सातौं मिनेटमा गोल गर्दै न्यूजिल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । इरानका रामिन रेजाइयानले खेलको ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ५५औं मिनेटमा एलिजाहले व्यक्तिगत दोस्रो गोल गर्दै न्यूजिल्यान्डलाई दोस्रोपटक अग्रता दिलाए । उक्त अग्रता पनि न्यूजिल्यान्डले जोगाउन सकेन ।

६४औं मिनेटमा मोहम्मद मोहेबीले गोल गर्दा इरान दोस्रोपटक खेलमा फर्कियो । त्यसपछि गोल हुन सकेन र दुवैले एकएक अंक बाँडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =