पूर्वगृहमन्त्री थापाको निधन

काठमाडौँ । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ ।

उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ ।

उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रशासनिक सेवामा रहँदा उनले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गरेका थिए ।

त्यसपछि उनी गृहसचिव पनि भएका थिए । दिवङ्गत थापाका दुई छोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =