नोबेल अस्पतालमा छाला, कुष्ठ तथा सौन्दर्य उपचारका आधुनिक सेवा, सेवाग्राहीको आकर्षण

काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो, कुष्ठरोगलगायत विभिन्न छाला तथा सौन्दर्यसम्बन्धी समस्याको उपचारका लागि अत्याधुनिक सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

अस्पतालका अनुसार छालासम्बन्धी सबै प्रकारका रोगहरूको उपचार विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणमार्फत गरिँदै आएको छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा उम्रिएका रौं हटाउने तथा आवश्यक स्थानमा कपाल र रौं उमार्नेसम्मका सेवा अस्पतालमा उपलब्ध छन् ।

छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा कन्भेन्सनल डर्माटोलोजी र कस्मेटिक डर्माटोलोजी गरी दुई भागमा विभाजन गरिएको छ । नोबेल अस्पतालमा दुवै प्रकारका सेवा उपलब्ध रहेको उनले बताए ।

उनका अनुसार कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान र उपचारमा केन्द्रित हुन्छ ।  यसअन्तर्गत एलर्जी, छालामा आउने र्‍यास, डण्डिफोर, लुतो, पिलो, घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ ।

त्यसैगरी कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित रहेको डा. प्रधानले बताए। यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् ।

उनका अनुसार पछिल्लो समय सौन्दर्यप्रति मानिसहरूको चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । धेरैजसो सेवाग्राही रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि अस्पताल पुग्ने गरेका छन् । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर उपचारका लागि आउने गरेको उनले बताए । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुने भएकाले रोगको पहिचानसहित उपचार गरिने उनको भनाइ छ ।

नोबेल अस्पतालमा छाला रोग उपचार सेवा सुरु भएको करिब दुई दशक पूरा भइसकेको छ । उपचारपछि सन्तुष्ट भएका बिरामीले अरूलाई समेत सिफारिस गरेर ल्याउने गरेको अनुभव अस्पतालको छ ।

अस्पतालमा आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सी सेवा उपलब्ध छ । साथै कार्बन पिलिङ र हाइड्राफेसियलजस्ता अत्याधुनिक प्रविधिमार्फत छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि प्रदान गरिँदै आएको छ ।

टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिने अस्पतालले जनाएको छ । कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत उपचार गरिन्छ । डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग हुँदै आएको छ ।

कपाल झर्ने तथा कपाल नउम्रिने समस्याका लागि पनि अस्पतालमा विशेष सेवा उपलब्ध छ । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने तथा बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचारसमेत गरिने डा. प्रधानले बताए ।

दुबी (सेतो दाग) को उपचारका लागि औषधिसँगै फोटोथेरापी विधि प्रयोग गरिने अस्पतालले जनाएको छ । नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =