पर्सामा एक सय किलो गाँजा पक्राउ
२०८३ जेठ ३१ गते

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा पक्राउ गरेको छ ।
संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गरेको हो ।
उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
२०८३ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








