जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुन नसक्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।

‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन । जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ उनले फेसबुकमा लेखेका छन् ।

एमालेभित्र यतिबेला पार्टी पुनर्गठनको विषयलाई लिएर विभिन्न तहमा बहस चलिरहेको छ । नेताहरूबाट फरक–फरक धारणा सार्वजनिक हुन थालेका बेला महासचिव पोखरेलको उक्त अभिव्यक्तिलाई पार्टीपंक्तिप्रति गरिएको ध्यानाकर्षणका रूपमा हेरिएको छ ।

पछिल्ला दिनमा एमालेका केही नेताहरूले सार्वजनिक रूपमा पार्टीको आन्तरिक विषयमा टिप्पणी गर्न थालेपछि नेतृत्व तहले संयमित अभिव्यक्ति र जनतासँगको सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =