अमेरिका–इरान शान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति जुटेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम र पारस्परिक रूपमा सहमत मस्यौदा तयार भएको जानकारी दिएका छन् ।

सघन मध्यस्थताका प्रयासहरूपछि दुवै राष्ट्र सम्झौताको अन्तिम बिन्दुमा पुगेको उनले बताएका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै प्रधानमन्त्री सरिफले अब पाकिस्तानले सम्झौताका आगामी प्रक्रियाहरूलाई पूर्णता दिन दुवै पक्षसँग निकट रहेर काम गरिरहेको उल्लेख गरे ।

अमेरिका र इरानबीचको दीर्घकालीन तनाव कम गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । यस पछिल्लो विकासक्रमलाई क्षेत्रीय तथा विश्व शान्तिका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सम्झौताका विस्तृत विवरण र कार्यान्वयनका आगामी चरणहरूबारे थप जानकारी आउन भने बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =