विश्वकप २०२६: १६ रंगशाला, कुन खेल कहाँ ?

काठमाडौँ । बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरु भएको छ । ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ ।

प्रतियोगिता १६ सहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानाडाका २ सहर समावेश छन् । जुलाई १९ मा न्युयोर्क न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित फाइनल पुग्ने टोलीले कूल ८ खेल खेल्नेछन् ।

कुन खेल कता ?

१. एरोहेड रंगशाला
अमेरिकाको एरोहेड रंगशाला सन् १९७२ मा औपचारिक रूपमा तयार भएको हो । यसको दर्शक क्षमता ७३ हजार छ । मिजुरी राज्यस्थित केन्सास सहरमा रहेको एरोहेड रंगशालामा समूह चरणका चार र नकआउट चरणका दुई गरि कूल ६ खेल हुनेछन् ।

एरोहेड रंगशालामा हुने खेलहरुः
– अर्जेन्टिना भर्सेस अल्जेरिया (जुन १६)
– इक्वेडर भर्सेस कोरासाओ (जुन २०)
– ट्युनिसिया भर्सेस नेदरल्यान्ड्स (जुन २५)
– अल्जेरिया भर्सेस अस्ट्रिया (जुन २७)
– राउन्ड अफ १६ (जुलाई ३)
– क्वार्टरफाइनल (जुलाई ११)

२. एटी एन्ड टी रंगशाला (डालास रंगशाला)
टेक्सस राज्यस्थित एर्लिङ्टन सहरमा रहेको एटी एन्ड टी अर्थात् डालास रंगशाला यस विश्वकपकै सबैभन्दा धेरै दर्शक क्षमता भएको रंगशाला हो । सन् २००९ मा तयार भएको यो रंगशालाको दर्शक क्षमता ९४ हजार छ । यस रंगशालामा समूह चरणका पाँच र नकआउट चरणका चार गरि कूल ९ खेल हुनेछन् ।

एटी एन्ड टी रंगशालामा हुने खेलहरू
– नेदरल्यान्ड्स भर्सेस जापान (जुन १४)
– इङ्ल्यान्ड भर्सेस क्रोएसिया (जुन १७)
– अर्जेन्टिना भर्सेस अस्ट्रिया (जुन २२)
– जापान भर्सेस स्विडेन (जुन २५)
– जोर्डन भर्सेस अल्जेरिया (जुन २७)
– राउन्ड अफ ३२ (जुन ३० र जुलाई ३)
– राउन्ड अफ १६ (जुलाई ६)
– सेमिफाइनल (जुलाई १४)

३. जिलेट रंगशाला (बोस्टन रंगशाला)
म्यासाचुसेट्स राज्यस्थित फक्सबरो सहरमा अवस्थित जिलेट अर्थात् बोस्टन रंगशाला अमेरिकामा रहेका ११ मध्ये सबैभन्दा कम दर्शक क्षमता भएको रंगशाला हो । सन् २००२ मा तयार पारिएको यस रंगशालाको दर्शक क्षमता ६५ हजार छ । बोस्टन रंगशालामा समूह चरणका समूह चरणका पाँच र नकआउट चरणका दुई गरि कूल ७ खेल हुनेछन् ।

बोस्टन रंगशालामा हुने खेलहरुः
– हाइटी भर्सेस स्कटल्यान्ड (जुन १३)
– इराक भर्सेस नर्वे (जुन १६)
– स्कटल्यान्ड भर्सेस मोरक्को (जुन १९)
– इङ्ल्यान्ड भर्सेस घाना (जुन २३)
– नर्वे भर्सेस फ्रान्स (जुन २६)
– राउन्ड अफ ३२ (जुन २९)
– क्वार्टरफाइनल (जुलाई ९)

४. हार्ड रक रंगशाला (मियामी रंगशाला)

फ्लोरिडा राज्यस्थित मियामी गार्डेनमा अवस्थित हार्ड रक रंगशालाको दर्शक क्षमता पनि ६५ हजार नै हो । सन् १९८७ मा तयार पारिएको यस रंगशालाले सन् २०२४ को कोपा अमेरिका फाइनल पनि होस्ट गरेको थियो । उक्त फाइनल अनियन्त्रित दर्शकहरूको भिडका कारण ८२ मिनेट ढिलो सुरु गरिएको थियो । समूह चरणका चार र नकआउट चरणका तीन गरि कूल ७ खेल यस रंगशालामा हुनेछन् ।

हार्ड रक रंगशालामा हुने खेलहरू
– साउदी अरेबिया भर्सेस उरुग्वे (जुन १५)
– उरुग्वे भर्सेस केप भर्डे (जुन २१)
– ब्राजिल भर्सेस स्कटल्यान्ड (जुन २४)
– कोलम्बिया भर्सेस पोर्चुगल (जुन २७)
– राउन्ड अफ ३२ (जुलाई ३)
– क्वार्टरफाइनल (जुलाई ११)
– तेस्रो स्थानको प्रतिस्पर्धा (जुलाई १८)

५. लिभाइज रंगशाला (सान फ्रान्सिस्को बे एरिया रंगशाला)

लिभाइज रंगशाला अर्थात् सान फ्रान्सिस्को बे एरिया रंगशालाको दर्शक क्षमता हो ७१ हजार । यो रंगशाला क्यालिफोर्नियास्थित सान्ता क्लारा सहरमा अवस्थित छ । सन् २०१४ मा उद्घाटन भएको यस रंगशालामा समूह चरणका पाँच र एउटा नकआउट गरि कूल ६ खेल हुनेछन् ।

लिभाइज रंगशाला (सान फ्रान्सिस्को बे एरिया रंगशाला)मा हुने खेलहरुः
– कतार भर्सेस स्विट्जरल्यान्ड (जुन १३)
– अस्ट्रिया भर्सेस जोर्डन (जुन १६)
– टर्की भर्सेस पाराग्वे (जुन १९)
– जोर्डन भर्सेस अल्जेरिया (जुन २२)
– पाराग्वे भर्सेस अस्ट्रेलिया (जुन २५)
– राउन्ड अफ ३२ (जुलाई १)

६. लिन्कन फानन्सियल फिल्ड (फिलाडेल्फिया रंगशाला)

फिलाडेन्फिया रंगशाला सन् २००३ मा उद्घाटन भएको हो । ६९ हजार दर्शक क्षमता रहेको यस रंगशाला अमेरिकन एनएफएलको फिलाडेल्फिया इगल्सको घरेलु मैदान हो । यो रंगशालामा समूह चरणका पाँच र राउन्ड अफ १६ को एक गरि कूल ६ खेल हुनेछन् ।

फिलाडेल्फिया रंगशालामा हुने खेलहरुः
– आइभरी कोस्ट भर्सेस इक्वेडर (जुन १४)
– ब्राजिल भर्सेस हाइटी (जुन १९)
– फ्रान्स भर्सेस इराक (जुन २२)
– कोरासाओ भर्सेस आइभरी कोस्ट (जुन २५)
– क्रोएसिया भर्सेस घाना (जुन २७)
– राउन्ड अफ १६ (जुलाई ४)

७. लुमेन फिल्ड (सियाटल रंगशाला)

वासिङ्टन डिसीको सियाटल शहरस्थित लुमेन फिल्ड रंगशालाको दर्शक क्षमता पनि ६९ हजार नै हो । यो रंगशाला सन् २००२ मा उद्घाटन भएको हो । यस रंगशालामा समूह चरणका चार तथा नकआउटका दुई गरि कूल ६ खेल हुनेछन् ।

लुमेन फिल्ड (सियाटल रंगशाला)मा हुने खेलहरुः
– बेल्जियम भर्सेस इजिप्ट (जुन १५)
– अमेरिका भर्सेस अस्ट्रेलिया (जुन १९)
– बोस्निया हर्जगोभिना भर्सेस कतार (जुन २४)
– इजिप्ट भर्सेस इरान (जुन २६)
– राउन्ड अफ ३२ (जुलाई १)
– राउन्ड अफ १६ (जुलाई ६)

८. मर्सिडिज बेन्ज (एट्लान्टा रंगशाला)

जर्जिया राज्यको राजधानी एट्लान्टामा रहेको मार्सिडिज बेन्ज यसपाली सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो । ७५ हजार दर्शक क्षमता रहेको यस रंगशालाको ‘ले आउट’ एकदमै फरक र हेर्नलायक छ । सन् २०१७ मा तयार पारिएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ । अत्याधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि उक्त लोगो नहटाउने निर्णय गरेको थियो । रंगशालामा समूह चरणका पाँच र नहकाउटका तीन गरि कूल ८ खेल हुनेछन् ।

मर्सिडिज बेन्ज (एट्लान्टा रंगशाला)मा हुने खेलहरुः
– स्पेन भर्सेस केप भेर्डे (जुन १५)
– चेक रिपब्लिक भर्सेस दक्षिण अफ्रिका (जुन १८)
– स्पेन भर्सेस साउदी अरेबिया (जुन २१)
– मोरक्को भर्सेस हाइटी (जुन २४)
– कोंगो भर्सेस उज्वेकिस्तान (जुन २७)
– राउन्ड अफ ३२ (जुलाई १)
– राउन्ड अफ १६ (जुलाई ७)
– सेमिफाइनल (जुलाई १५)

९. मेटलाइफ रंगशाला (न्यु योर्क जर्सी रंगशाला)

न्यु योर्कको इस्ट रुथरफोर्डमा रहेको मेटलाइफ स्टेडियमले जुलाई १९ मा चार वर्षका लागि नयाँ विश्व च्याम्पियन दिनेछ । साढे ८२ हजार दर्शक क्षमता रहेको रंगशालामा समूह चरणका पाँच र नकआउटका तीन गरि कूल ८ खेल हुनेछन् ।

मेटलाइफ रंगशालामा हुने खेलहरू
– ब्राजिल भर्सेस मोरक्को (जुन १३)
– फ्रान्स भर्सेस सेनेगल (जुन १६)
– नर्वे भर्सेस सेनेगल (जुन २२)
– इक्वेडर भर्सेस जर्मनी (जुन २५)
– पानमा भर्सेस इङ्ल्यान्ड (जुन २७)
– राउन्ड अफ ३२ (जुन ३०)
– राउन्ड अफ १६ (जुलाई ५)
– फाइनल (जुलाई १९)

१०. एनआरजी रंगशाला (ह्युस्टन रंगशाला)

टेक्ससको ह्युस्टन शहरमा यसपाली समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गनेृछन् । जर्मनी, नेदरल्यान्ड्स र पोर्चुगलले यो रंगशालामा आफ्नो चुनौती पेश गर्दैछन् । ७२ हजार दर्शक क्षमता रहेको यस रंगशाला सन् २००२ मा उद्घाटन भएको हो । समूह चरणका पाँच र नकआउटका दुई गरि कूल ७ खेल एनआरजी रंगशालामा हुनेछन् ।

एनआरजी रंगशालामा हुने खेलहरु
– जर्मनी भर्सेस कोरासाओ (जुन १४)
– पोर्चुगल भर्सेस कंगो (जुन १७)
– नेदरल्यान्ड्स भर्सेस स्विडेन (जुन २०)
– पोर्चुगल भर्सेस उज्वेकिस्तान (जुन २३)
– केप भेर्डे भर्सेस साउदी अरेबिया (जुन २६)
– राउन्ड अफ ३२ (जुन २९)
– राउन्ड अफ १६ (जुलाई ४)

११. सोफी रंगशाला (लस एन्जलस रंगशाला)

क्यालिफोर्नियास्थित इङ्गलवूड शहरमा रहेको सोफी रंगशाला ६ वर्षअघि मात्र तयार पारिएको हो । ७० हजार दर्शक क्षमता रहेको यो रंगशाला समूह चरणका पाँच र नकआउटका तीन गरि कूल ८ खेल हुनेछन् । अमेरिकाले विश्वकप अभियान यही रंगशालाबाट सुरु गर्नेछ । जुन १२ मा पाराग्वेसँग अमेरिकाको प्रतिस्पर्धाअघि विशेष उद्घाटन समारोह हुनेछ ।

कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरुले प्रस्तुति दिने सम्भावना छ । आयोजकहरुका अनुसार यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ ।

सोफी रंगशालामा हुने खेलहरुः
– अमेरिका भर्सेस पाराग्वे (जुन १२)
– इरान भर्सेस न्युजिल्यान्ड (जुन १५)
– स्विट्जरल्यान्ड भर्सेस बोस्निया हर्जोगोभिना (जुन १८)
– बेल्जियम भर्सेस इरान (जुन २१)
– टर्की भर्सेस अमेरिका (जुन २५)
– राउन्ड अफ ३२ (जुन २८ र जुलाई २)
– क्वार्टरफाइनल (जुलाई १०)

१२. इस्टाडियो एक्रोन रंगशाला

मेक्सिकोको ग्वाडालाजरा शहरमा अवस्थित इस्टाडियो एक्रोन रंगशाला आसन्न विश्वकपको सबैभन्दा कम दर्शक क्षमता भएको रंगशालामध्ये एक हो । रंगशालाको क्षमता मात्र ४८ हजार छ । सन् २०१० मा निर्माण सम्पन्न गरिएको यस रंगशालामा समूह चरणका चार खेल मात्र हुनेछन् ।

इस्टाडियो एक्रोन रंगशालामा हुने खेलहरुः
– दक्षिण कोरिया भर्सेस चेक रिपब्लिक (जुन ११)
– मेक्सिको भर्सेस दक्षिण कोरिया (जुन ११)
– कोलम्बिया भर्सेस कोंगो (जुन २३)
– उरुग्वे भर्सेस स्पेन (जुन २६)

१३. इस्टाडियो एज्टेका ( मेक्सिको सिटी रंगशाला)

फिफा विश्वकप २०२६ इस्टाडियो एज्टेका अर्थात् मेक्सिको सिटी रंगशालाबाट सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

खेलअघि विशेष उद्घाटन समारोह हुनेछ । समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरु देखिन सक्ने अपेक्षा छ ।
राजधानी मेक्सिको सिटीमा अवस्थित यस रंगशालाको दर्शक क्षमता ८३ हजार छ । यो मेक्सिकोकै सबैभन्दा ठूलो रंगशाला हो । यसले विश्वकपमा ५ खेल आयोजना गर्नेछ ।

इस्टाडियो एज्टेकामा हुने खेलहरुः
– मेक्सिको भर्सेस दक्षिण अफ्रिका (जुन ११)
– कोलम्बिया भर्सेस उज्वेकिस्तान (जुन १७)
– मेक्सिको भर्सेस चेक रिपब्लिक (जुन २४)
– राउन्ड अफ ३२ (जुन ३०)
– राउन्ड अफ १६ (जुलाई ६)

१४. इस्टाडियो बिबिभिए (इस्टाडियो मोन्टेरी)
इस्टाडियो मोन्टेरीले साढे ५३ हजार दर्शक क्षमता राख्छ । सन् २०१५ मा उद्घाटन गरिएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरे गर्मी हुने ठाउँका रुपमा लिइएको छ । न्युनतम तापक्रम ३२ डिग्रीभन्दा बढी रहने अनुमान छ । रंगशालाले समूह चरणका तीन तथा राउन्ड अफ ३२ को एक खेल हुनेछ । प्रतियोगितामा यस रंगशालाले सबैभन्दा कम खेलहरु होस्ट गर्नेछ ।

इस्टाडियो बिबिभिएमा हुने खेलहरुः
– ट्युनिसिया भर्सेस स्विडेन (जुन १४)
– ट्युनिसिया भर्सेस जापान (जुन २०)
– दक्षिण कोरिया भर्सेस दक्षिण अफ्रिका (जुन २४)
– राउन्ड अफ ३२ (जुन २९)

१५. बिएमओ फिल्ड (टोरोन्टो रंगशाला)
क्यानडाले आफ्नो विश्वकप अभियान ४५ हजार दर्शक क्षमता भएको टोरन्टो रंगशालाबाट सुरु गर्नेछ । यो क्यानाडाका लागि विशेष अवसर हुनेछ । किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दैछ ।

मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ । क्यानाडा पहिलोपटक यति ठूलो प्रतियोगिता ‘होस्ट’ गर्दैछ । त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ । क्यानडा र बोस्निया एन्ड हर्जोगोभिनाको खेलअघि विशेष उद्घाटन समारोह हुनेछ । प्रतियोगिताकै सबैभन्दा कम दर्शक क्षमता रहेको यस रंगशालामा हुने समारोहमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरुले प्रस्तुति दिनछन् । यो रंगशालामा कुल ६ खेल हुनेछन् ।

टोरन्टो रंगशालामा हुने खेलहरुः
– क्यानडा भर्सेस बोस्निया एन्ड हर्जोगोभिना (जुन १२)
– घाना भर्सेस पानामा (जुन १७)
– जर्मनी भर्सेस आइभरी कोस्ट (जुन २०)
– पानामा भर्सेस क्रोएसिया (जुन २३)
– सेनेगल भर्सेस इराक (जुन २६)
– राउन्ड अफ ३२ (जुलाई २)

१६. बिसी प्लेस भ्यानकोभर
ब्रिटिश कोलम्बिया राज्यस्थित भ्यानकोभर शहरमा अवस्थित बिसी प्लेस भ्यानकोभर रंगशालाले ५४ हजार दर्शक क्षमता राख्छ । सन् १९८३ सालमा उद्घाटन भएको बिसी प्लेसले सन् २०१५ मा सम्पन्न फिफा महिला विश्वकपको फाइनल होस्ट गरेको थियो ।

यसपाली पुरुष विश्वकपमा बिसी प्लेसले समूह चरणका पाँच र नकआउटका दुई गरि कूल सात खेलमा विभिन्न टोलीलाई आतिथ्यता गर्नेछ ।

बिसी प्लेसमा हुने खेलहरुः
– अस्ट्रेलिया भर्सेस टर्की (जुन १३)
– क्यानडा भर्सेस कतार (जुन १८)
– न्युजिल्यान्ड भर्सेस इजिप्ट (जुन २१)
– क्यानडा भर्सेस स्विट्जरल्यान्ड (जुन २४)
– बेल्जियम भर्सेस न्युजिल्यान्ड (जुन २६)
– राउन्ड अफ ३२ (जुलाई २)
– राउन्ड अफ १६ (जुलाई ७)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =