ब्रिटिश ब्रान्ड ‘गुडम्यान्स’ नेपाली बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सि.जी. इलेक्ट्रोनिक्सले बेलायती ब्रान्ड ‘गुडम्यान्स’ लाई आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको छ ।
नेपाली उपभोक्ताहरूको आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यका साथ ब्रान्डले नयाँ प्रविधिमा आधारित थुप्रै उपयोगी उपकरणहरू बजारमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार हाल नेपाली बजारमा राइस कुकर, केटल, ब्लेन्डर, जुसर एक्स्ट्राक्टर, स्टिक ब्लेन्डर, ह्यान्ड मिक्स्चर, कफी मेकर, टोस्टर, र स्यान्डविच मेकर लगायतका उपकरणहरू उपलब्ध गराउँदै आएको छ ।
गुडम्यान्सले आफ्ना उत्पादनहरू मार्फत उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिएको छ । नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि र उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
साथै, नेपाली उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै आगामी दिनमा पनि निरन्तर नवीनतम प्रविधियुक्त तथा उपयोगी उत्पादनहरू बजारमा थप्दै लैजाने योजना कम्पनीको छ ।








