फिफा विश्वकपको दोस्रो दिन, आज दुई खेल हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो दिन आज दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो दिन आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २-० को जित निकाल्दै सुखद् सुरुआत गरेको छ ।
अब दोस्रो दिन आयोजक राष्ट्रहरू क्यानडा र अमेरिका मैदानमा उत्रनेछन् । समूह ‘बी’ अन्तर्गत क्यानडाले बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्ड (टोरन्टो स्टेडियम) मा हुनेछ ।
खेल नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजे सुरु हुनेछ । यस्तै समूह ‘डी’ अन्तर्गत आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।
यो खेल अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियम (लस एन्जलस स्टेडियम) मा खेलाइनेछ । खेल नेपाली समयअनुसार शनिबार बिहान ६ः४५ बजे सुरु हुनेछ । ४८ टोली सहभागी यस प्रतियोगितामा १२ समूह रहेका छन् ।
समूह चरणका खेलहरू जुन २७ सम्म सञ्चालन हुनेछन् ।








