थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा शाही माफीपछि पूर्ण रूपमा मुक्त

एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा शाही माफीपछि पूर्ण रूपमा जेलमुक्त भएका छन् ।

थाइल्याण्डको कारागार विभागले सिनावात्राको प्रोबेसन (परीक्षण) अवधि समाप्त भएको र उनलाई लगाइएको इलेक्ट्रोनिक मनिटरिङ उपकरण (ईएम ट्याग) समेत हटाइएको पुष्टि गरेको हो ।

कारागार विभागद्वारा जारी विज्ञप्तिअनुसार, सिनावात्रा गत मे ११ देखि चार महिना एक दिनको अवधिका लागि प्रोबेसनमा रहेका थिए । यस अवधिमा उनले विभागद्वारा तोकिएका सम्पूर्ण सर्तहरू पूर्ण रूपमा पालना गरेको जानकारी दिइएको छ ।

गत जुन ३ देखि लागू भएको शाही माफी सम्बन्धी अध्यादेश पश्चात, एक समीक्षा समितिले सिनावात्राको योग्यताको प्राविधिक जाँच गरेको थियो। ६० वर्षभन्दा माथिको उमेर र बाँकी रहेको कैद सजाय तीन वर्षभन्दा कम भएका कारण उनी शाही माफीको मापदण्डभित्र परेका हुन् ।

सोही आधारमा समितिले उनलाई पूर्ण रूपमा रिहा गर्ने निर्णय गरेको थियो । विभागकाअनुसार सिनावात्राले अब आफ्नो सजाय पूर्ण रूपमा भुक्तान गरिसकेका छन् ।

यससँगै उनीमाथि रहेका सबै प्रकारका आपराधिक हिरासत तथा सम्बन्धित कानूनी शर्तहरू स्वतः समाप्त भएका छन् । शाही माफी प्राप्त गर्ने अन्य व्यक्तिहरू सरह नै सिनावात्राले अब पूर्ण स्वतन्त्रता प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =