कुमारी बैंकद्वारा नेपालको पहिलो ‘रियल-टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्गलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले IMS Software Pvt. Ltd. सहकार्यमा नेपालको पहिलो ERP-एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।

कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत IMS को ERP Software मार्फत बिनाधितो कर्जा प्रदान गर्ने जानकारी दिएको छ ।

बैंकका अनुसार यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ ।

ERP प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्ने बताइएको छ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पुर्याउँदै परम्परागत धितो आवश्यकताविनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ । यसमार्फत ERP प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा रु ५,००,००० सम्मको चालु पुँजी कर्जा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

जसलाई १२ महिनासम्मको समान मासिक किस्ता मार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।

यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने परिकल्पनाअनुरूप नवप्रवर्तन र वित्तीय समावेशीकरणप्रति कुमारी बैंकको प्रतिबद्धताको प्रतिविम्ब भएको र यसले विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लाभान्वित गर्ने विश्वास गरिएको बैंकले जनाएको छ ।

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याइएको ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने बैंकले अपेक्षा गरेको छ ।

साथै, यसले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 10 =