म्यानमारको श्वेडागन प्यागोडामा पाँच महिनामा भित्रिए ३४ लाख ५० हजारभन्दा बढी पर्यटक
२०८३ जेठ २८ गते

एजेन्सी । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो पाँच महिनामा ३४ लाख ५० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।
श्वेडागन प्यागोडा सञ्चालक समितिका सदस्य उ बो थिनले दिएको जानकारीअनुसार जनवरीदेखि मे महिनासम्ममा सो सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटकले प्यागोडाको दर्शन गरेका हुन् ।
उक्त अवधिमा ३४ हजारभन्दा बढी विदेशी पर्यटकहरूले प्यागोडाको भ्रमण गरेका थिए । तीमध्ये सबैभन्दा बढी पर्यटक चीन र थाइल्याण्डबाट आएको थिनले जानकारी दिए ।
ऐतिहासिक महत्वको यो प्यागोडा स्थानीय समयअनुसार दैनिक बिहान ४ बजेदेखि राति १० बजेसम्म सर्वसाधारण र पर्यटकका लागि खुला रहने गर्दछ ।
२०८३ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








