ओमानको खाडीमा अमेरिकी सेनाद्वारा दोस्रो तेल ट्याङ्कर निष्क्रिय

एजेन्सी । ओमानको खाडीमा अमेरिकी सेनाले एक तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ ।

इरानी बन्दरगाहहरू विरुद्ध जारी अमेरिकी नौसैनिक नाकाबन्दीको उल्लंघन गरेको भन्दै अमेरिकी सुरक्षा बलले लगातार दोस्रो दिन अर्को जहाजमाथि कारबाही गरेको हो ।

अमेरिकी सेन्ट्रल कमाण्डले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, पलाउको झण्डा रहेको एम/टी सेटबेल्लो नामक ट्याङ्करका चालक दलले अमेरिकी सेनाको निर्देशन पटक–पटक उल्लंघन गरेपछि अमेरिकी विमानले सो जहाजको इन्जिन कक्षमा प्रिसिजन हतियार प्रहार गरेको थियो ।

सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै उक्त ट्याङ्करले इरानबाट तेल ओसारपसार गर्न खोजेको दाबी गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार गत अप्रिल १३ देखि नाकाबन्दी शुरु भएयता अमेरिकी सेनाले निर्देशन पालना नगर्ने आठवटा जहाजलाई निष्क्रिय पारिसकेको छ भने १३४ वटा जहाजलाई अन्यत्र मोडिदिएको छ ।

सोही अवधिमा मानवीय सहायता सामग्री बोकेका ४२ वटा जहाजलाई भने आवतजावतका लागि अनुमति दिइएको कमाण्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =