चालु आर्थिक वर्षको पहिलो दुई महिनामा म्यानमारद्वारा ३ लाख टनभन्दा बढी चामल निर्यात

एजेन्सी । म्यानमारले चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो दुई महिनामा ३ लाख ५ हजार ८ सय २१ टन चामल तथा कनिका निर्यात गरेको छ ।

म्यानमार राइस फेडरेसनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनादेखि शुरु भएको नयाँ आर्थिक वर्षको सुरुवाती दुई महिनामा उक्त परिमाणको खाद्यान्न निर्यात भएको हो ।

यस अवधिमा भएको निर्यातबाट दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारले करिव ९ करोड ३० लाख अमेरिकी डलर आम्दानी गरेको फेडरेसनले जनाएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको निर्यातमा केही कमी देखिएको छ ।

फेडरेसनको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको अप्रिल र मे महिनामा ४ लाख टनभन्दा बढी चामल निर्यात भएको थियो । म्यानमारले पछिल्ला वर्षहरूमा कृषि उपज, विशेषगरी चामल निर्यातलाई आफ्नो वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा लिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =