रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी । जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम–पूर्वको भूमे गाउँपालिका–२ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

जिल्ला सदरमुकाम खलङ्गाबाट रुकुम पूर्वतर्फ जाँदै गरेको हिमाल घर्तीले चलाएको रा ७ प ९६१६ नम्बर को मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराए ।

चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा १२ पुरिया ११.२६ ग्राम र पछाडि सवार राजको पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको २ पुरिया २.०३ ग्राम गरी कूल प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर फेला परेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =