रौतहटमा अज्ञात सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु

चन्द्रपुर । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ बर्षिय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =