काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा

काठमाडौं । मानवसेवा आश्रमको सहकार्यमा काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन तथा सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ ।

काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रधान कार्यालयको सहकार्यमा सोमवार एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंमा देशका विभिन्न भागबाट शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कारण मानिसहरू निरन्तर आउने भएकाले सडकआश्रित तथा सहयोगापेक्षी नागरिकमुक्त शहर बनाउने अभियान चुनौतीपूर्ण रहेको बताए ।

उनले सडकमा आश्रय लिन बाध्य भएका, बेसहारा तथा सहयोगको आवश्यकता भएका नागरिकहरूको व्यवस्थापन सहज काम नभएपनि सरकार, सम्बन्धित निकाय र नागरिकबीचको सहकार्यले सम्भव भएको बताए ।

उनले महानगरले स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्ने क्रममा मानव सेवा फाउन्डेसनलगायत विभिन्न संस्थासँग सहकार्य गरिरहेको जानकारी दिँदै सडकमा असहाय वा सहयोगापेक्षी व्यक्ति भेटिए महानगरको कल सेन्टरमा जानकारी गराउन नागरिकलाई आग्रह गरे ।

महानगरपालिकाले सडकमा आश्रय लिएर बस्ने, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार, संरक्षण र पुनस्र्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै महानगरलाई सडकआश्रित मानवमुक्त घोषणा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =