प्रतिष्ठान जोगाउन आदिवासी जनजाति समुदायको माग (तस्बिरहरू)

काठमाडौँ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गरिनेबारे गोरखापत्रमा प्रकाशित समाचारपछि आदिवासी समुदायका अधिकारकर्मी तथा कानुन व्यवसायीहरूले चिन्ता व्यक्त गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

नेपालका आदिवासीहरूको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) ले प्रतिष्ठान आदिवासी जनजातिको भाषा, संस्कृति, पहिचान, परम्परागत ज्ञान र अधिकार संरक्षणका लागि स्थापित महत्त्वपूर्ण राष्ट्रिय निकाय भएकाले यसको स्वायत्त अस्तित्व कायम राख्नुपर्ने जनाएको छ ।

संस्थाले प्रतिष्ठानलाई खारेज गर्ने वा अन्य निकायमा गाभ्ने कुनै पनि कदमले आदिवासी जनजातिहरूको संवैधानिक, कानुनी तथा मानव अधिकारमा प्रतिकूल असर पार्न सक्ने उल्लेख गरेको छ ।

साथै, आदिवासी जनजातिसँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत निर्णयहरू अघि बढाउँदा सम्बन्धित समुदाय, सङ्घसंस्था र अधिकारवालासँग अर्थपूर्ण परामर्श तथा सहमति गर्न सरकारसमक्ष माग गरेको छ ।

तस्बिरहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =