‘लालीबजार’ ले कमायो करिब ९ करोड, ‘रोल नं. १’ को व्यापार कति ?

काठमाडौँ । नेपालभर प्रदर्शनरत स्वदेशी चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ ।
आइतबार राति ११:५५ बजेसम्मको तथ्यांक अनुसार चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी व्यापार छ ।
गत वैशाख १८ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले २ लाख ९८ हजार २ सय २७ टिकट बिक्री गर्दै करिब रु. ८ करोड ७८ लाख आम्दानी गरेको छ ।
त्यस्तै गत वैशाख ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ ले १ लाख ५४ हजार २ सय ३६ टिकट बिक्री गर्दै रु. ४ करोड २८ लाखभन्दा बढी कमाइ गरेको छ ।
त्यस्तै ‘मितज्यू’ ले ४६ हजार ५ सय ३३ दर्शक आकर्षित गर्दै रु. १ करोड ३१ लाखभन्दा बढी व्यापार गरेको छ ।
यसैगरी प्रदर्शनरत अन्य चलचित्रहरूको व्यापार पनि सन्तोषजनक देखिएको छ । गत जेठ १६ गतेदेखि दर्शनमा आएको चलचित्र ‘रोल नं. १’ ले ३२ हजार १८८ टिकट बिक्री गरी करिब रु. १४ लाख ९१ हजार आम्दानी गरेको छ भने ‘काजी’ ले १४ हजार २ सय ६९ टिकट बिक्री गर्दै रु. ४४ लाखभन्दा बढी कमाएको छ ।
नयाँ पुस्तालाई लक्षित चलचित्र ‘लाइफ ड्यामेज’ ले १२ हजार २ सय ४८ टिकट बिक्री गरी रु. ३४ लाख ४० हजार आम्दानी गरेको छ ।
त्यस्तै ‘कुम्भ’ ले १ हजार ४ सय ४४ टिकट बिक्री गर्दै रु. ३ लाख ३२ हजार व्यापार गरेको तथ्याङ्कमा उल्लेख छ ।









