तीन सातापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि सोमबारदेखि नियमित काममा फर्किएकी छन् ।

प्रधानन्यायाधीश नियुक्तिको दिनदेखि बिदामा बसेकी उनी अदालतमा फर्किएसँगै इजलासको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन् ।

सर्वोच्च अदालतले सोमबार उनका लागि दुईवटा इजलास तोकेको छ । कार्यसूचीअनुसार उनले एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्नेछिन् भने त्यसपछि अर्को न्यायाधीशसँगको संयुक्त इजलासमा पनि मुद्दा हेर्नेछिन् ।

लामो बिदापछि उनी अदालतमा फर्किएसँगै सर्वोच्च अदालतको नियमित न्यायिक गतिविधिमा उनको सक्रियता पुनः सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =