भारत भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा खनाल भारत भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । शनिबार भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलसँग भएको छलफलमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
भारत भ्रमणका क्रममा मन्त्री खनालले विभिन्न राजनीतिक तथा सरकारी प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए ।
उनको भ्रमणका दौरान नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा, पूर्वाधार, जनस्तरको सम्बन्ध र क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








