मकालुखबरको ‘लाफ्टर फर लाइफ’को पहिलो सिजन भव्य रूपमा सम्पन्न (तस्बिरहरू)

काठमाडौं । मकालुखबरद्वारा आयोजना गरिएको ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’ पहिलो सिजन देशभरका विभिन्न सहरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र सही जीवनदृष्टितर्फ प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम आज शुक्रबार इटहरीमा अन्तिम कार्यक्रम सम्पन्न गर्दै पहिलो सिजनको औपचारिक समापन गरिएको हो ।

कार्यक्रमको उद्घाटन जेठ १० गते काठमाडौंको प्रज्ञा भवनमा गरिएको थियो । त्यसपछि पोखरा, बुटवल, चितवन, वीरगन्ज, बिर्तामोड हुँदै इटहरीसम्म देशका विभिन्न सहरमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम जेठ १० गते काठमाडौं, १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा सम्पन्न भएको हो ।

कार्यक्रममा विज्ञापनदाता, सहयोगी संस्था, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यस सिजनमा मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको थियो भने पावर्ड बाई पार्टनरका रूपमा यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउ जोडिएको थियो ।

त्यस्तै एसोसिएट पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको थियो । स्वास्थ्य साझेदारका रूपमा काठमाडौं मेडिकल कलेज सहभागी थियो भने शैक्षिक साझेदारका रूपमा राजधानी मोडल कलेज जोडिएको थियो ।

शैक्षिक परामर्शदाता संस्थाका रूपमा राइटपाथ करिअर काउन्सिलिङ रहेको थियो । फोर ह्वीलर पार्टनरका रूपमा एलआरआर मोटर्स अन्तर्गत जिली ईएक्स–५ रहेको थियो ।

राइड पार्टनरका रूपमा सेफ राइड, एयरलाइन्स पार्टनरका रूपमा यति एयरलाइन्स रहेको थियो ।

त्यस्तै कार्यक्रममा श्रीकेश हेयर आयल, होन्डा, गोल्डेन ओक र ब्लू डायमण्ड लगायतका ब्रान्डहरूले समेत सहकार्य गरेका थिए ।

कार्यक्रमको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएसँगै आगामी सिजन अझ विस्तृत रूपमा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =