विश्व वातावरण दिवसको अवसरमा चन्द्रागिरि हिल्सद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२६ को अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका ३०० भन्दा बढी बिरुवाहरू रोपिएका छन् ।

वृक्षारोपण कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने वडा अध्यक्ष कृष्ण खड्गी कार्यक्रमको सफल आयोजना तथा समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यहरू, व्यवस्थापन टोली तथा सम्पूर्ण कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रममा वातावरण संरक्षणप्रति संस्थाको सामूहिक प्रतिबद्धता झल्किएको थियो । कार्यक्रममा सहभागी हुँदै प्रमुख कार्यकारी अधिकृतसहित सम्पूर्ण टोलीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका थिए ।

चन्द्रागिरि हिल्सले वातावरणीय संरक्षणलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्षका रूपमा अङ्गीकार गर्दै आएको जानकारी दिएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिने वृक्षारोपण कार्यक्रम कम्पनीको वार्षिक क्यालेन्डर अन्तर्गत नियमित रूपमा सञ्चालन हुँदै जानकारी दिएको छ ।

कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षण, हरियाली विस्तार तथा दिगो विकासका लागि निजी क्षेत्र, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए । यस प्रकारका अभियानहरूले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएका थिए ।

चन्द्रागिरि हिल्स लिमिटेडले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, हरित विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =