रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
२०८३ जेठ २१ गते

घोराही । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी दाङका तीन जनाको मृत्य भएको छ ।
जिल्लाको माडी गाउँपालिका–२ घर्तीगाउँ व्याङखोलामा अस्थायी नम्बर प्लेटको एमएच १४ टिसिजे ४७१ नम्बरको जीप दुर्घटना हुँदा दाङका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ बेसाहीका अन्दाजी २५ वर्षीय जीप चालक वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ४० वर्षका जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा निर्माण सामग्री बोकेको जीप सडकबाट करिब ६०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
२०८३ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








