‘संक्रमणकालीन न्यायसम्बन्धी विषय वर्तमान सरकारले टुङ्गो लगाउन नसके अरू कुनै सरकारले सक्दैन’

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले संक्रमणकालीन न्यायसम्बन्धी थाँती रहेका काम छिटो टुङ्गो लगाउन सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले संक्रमणकालीन न्याय निरूपण लगायतका मानव अधिकारसँग सम्बन्धित थाँती रहेका सबै कामहरू सम्पन्न गर्न सरकारलाई सचेत गराएका हुन् ।

उनले उक्त कामलाई सम्पन्न गर्नका लागि कानुनमा सुधार ल्याउने काममा समितिले संयोजनकारी भूमिका निर्वाह गर्न तयार रहेको पनि बताए । सरोकारवालाहरूसँग बसेर संक्रमणकालीन न्याय निरूपणमा देखिएका समस्या समाधान हुनेगरी कानुन निर्माण गर्ने काम समिति लागिपर्ने सभापति बास्कोटाको प्रतिबद्धता छ ।

उनले सरकारले संक्रमणकालीन न्याय निरूपणका लागि प्रतिबद्धता जनाएको उल्लेख गर्दै त्यसलाई छिटो निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

सभापति बास्कोटाले भने ‘हामीले विभिन्न मानव अधिकारमा हाम्रो कमिटमेन्ट हन्ड्रेड पर्सेन्ट हो । विभिन्न टाईमदेखि मानव अधिकारका विषयहरू थाँती रहेका छन् । चाहे त्यो सत्य निरूपणको विषय होला, चाहे त्यो बेपत्ता पारिएका विषय होला । त्यो सबैलाई अहिलेको सरकारले टुङ्गो लगाएर जान सकेन भने अब कुनैपनि सरकारले टुङ्गो लगाउन सक्दैन । त्यसमा हाम्रो हन्ड्रेट पर्सेन्ट कमिटमेन्ट गोभरर्मेन्टको तर्फबाट, कानुन मन्त्रालयको तर्फबाट पनि त्यो लेबलको कमिटमेन्ट आएको छ । लहरुमा प्रबलम छ । त्यसमा हामी सोलुसन बेस पोलिटिक्स गर्न चाहन्छौँ । के हो त सोलुसन ? त्यसमा काम गर्न चाहन्छौँ । केही साथीहरूलाई मेले यहीबाट जानकारी पनि गराएँ–कानुन, न्याय तथा मानव अधिकार समितिमा धेरै विकास साझेदारका साथीहरू आउनुहुन्छ । र विभिन्न फोरमहरूमा आएर पोसिलीमा सुधार गरौँ भनेर भन्नुहुन्छ । मैले आएदेखि यो समितिको हल छ । त्यसमा हामी सम्बन्धित पक्षसँग छलफल गर्न तयार छौँ । हामी तपाईँहरूलाई नै इन्भाईट गरेर कहाँ कहाँ समस्या छन्, समाधान गरौँ । हाम्रो कानुन निर्माण गर्न आएको हौँ । त्यसमा काम गर्छौँ ।’

सभापति बास्कोटाले मुलुकमा विद्यमान समस्याहरूलाई सम्बोधन हुनेगरी कानुन निर्माण गर्ने काममा आफूहरू लागि परेको जिकिर पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =