माछापुच्छ्रे बैंकको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेप्सेमा सूचीकृत
२०८३ जेठ २० गते

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको रु. १०० अंकित दरका कुल तीन करोड कित्ता ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
जेठ १९ गते (हिजो) उक्त शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
शेयरको कुल निष्कासन मूल्य तीन अर्ब रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत भएको उक्त अग्राधिकार शेयर आजदेखि धितो पत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जानकारी दिएको छ ।
२०८३ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित








