‘र्‍याप र जोकतन्त्र होइन, लोकतन्त्र भन्दै माइतीघरमा तरुण दलको प्रदर्शन

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ ।

तरुण दलले सोमवार माइतीघरमा प्रदर्शन गरेको हो । प्रधानमन्त्री साहले आइतबार प्रतिनिधि सभाको बैठकमा नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै तरुण दलले खबरदारी गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘नेपालको भुईँ प्यारो छ, हलुका टिप्पणी अक्षम्य छ !’, ‘कार्यकारी प्रमुख हो कि देशकै बोझ ?’, ‘सस्तो गफ बन्द गर, राष्ट्रियताको रक्षा गर !’, ‘देशको सीमा र स्वाभिमान, हाम्रो प्राण !’, ‘फरक छ नि प्र.म ज्यू, कूटनीति र डोजर नीतिमा’, ‘पिएम बालेन राष्ट्रप्रेम स्टाटसमा होइन, व्यवहारमा देखाऊ’, ‘याप र जोकतन्त्र होइन, लोकतन्त्र ! एल्गोरिदमले धान्दैन शासनतन्त्र ११ सामान्यज्ञान पढ्नुस् प्रधानमन्त्रीज्यू !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ लगायत लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =