संसदमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ ।

सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए ।

उनकाअनुसार जाँचबुझ समितिमा सभाको व्यवस्थापन शाखा प्रमुख र प्रविधि शाखा प्रमुख समेत सदस्य रहेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए । त्यस क्रममा नाराबाजी भएको थियो । त्यस क्रममा भएको थियो धकेलाधकेलमा केही मर्यादापालकका ब्याच हराएको, केही मर्यादापालकलाई सामान्य चोटसमेत लागेको बताइएको छ ।

उनले उक्त समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिँदै प्रतिवेदनको आधारमा थप प्रक्रिया अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =