इजरायली प्रधानमन्त्रीद्वारा लेबनानमा सैन्य परिचालन विस्तार गर्न निर्देशन

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा हिजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैन्य पकड थप मजबुत र विस्तार गर्न सेनालाई निर्देशन दिएका छन् ।

आईतवार एक भिडियो सन्देश जारी गर्दै उनले सैन्य कारबाहीलाई थप सघन बनाउन निर्देशन दिएका हुन् । दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्वपूर्ण ब्यूफोर्ट रिज र त्यहाँस्थित ऐतिहासिक किल्ला इजरायली सेनाले कब्जा गरेपछि प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । उक्त क्षेत्र अप्रिलको मध्यदेखि लागू भएको युद्धविराम पश्चात इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ ।

प्रधानमन्त्री नेतन्याहुले लेबनानमा सैन्य परिचालन विस्तार गर्ने आफ्नो निर्देशनसँगै इजरायली सेनाले लिटानी नदी पार गरेको र ब्यूफोर्ट लगायतका प्रमुख रणनीतिक स्थानहरू नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले हालको मुख्य उद्देश्य कब्जा गरिएका ती स्थानहरूमा इजरायली पकडलाई सुदृढ बनाउनु रहेको बताएका छन् । यसैबीच, प्रधानमन्त्री नेतन्याहुले सन् २०२३ अक्टोबरमा बहुपक्षीय द्वन्द्व सुरु भएयता इजरायलले हालसम्म ८ हजार हिजबुल्लाह लडाकुहरूलाई मारेको दाबी गरे ।

उनकाअनुसार पछिल्लो एक महिनामा मात्रै ७०० लडाकु मारिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =