संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम यथाशीघ्र छिटो सम्पन्न गरिने

काठमाडौँ । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामलाई यथाशीघ्र छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा समावेश गरिएको हो । त्यसैगरी सरकारले राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गर्ने योजना पनि बनाएको उनले बताए ।

अर्थमन्त्री वाग्लेले भने ‘शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र सम्पन्न गरिनेछ । राष्ट्रिय सुरक्षा नीति २०७५ को पुनरावलोकन गर्नेछौँ । नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै रु २ अर्ब विनियोजन गरेको छु । ऐतिहासिक किल्ला र गढीलाई संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौँ ।’

सरकारले नेपाली सेनाको जवानहरूको आवास स्तरोन्नतिका लागि २ अर्ब बजेटको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =