आगामी आ.वको बजेट पेस गर्न सरकारको स्वीकृति

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई स्वीकृति प्रदान गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्दै संघीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नका लागि अर्थमन्त्री वाग्लेलाई स्वीकृति दिने निर्णय गरेको हो ।

बजेटमा संसद्मा पेस गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको नेपाल सरकार प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनले भने ‘आज बजेट भएको हुनाले एउटा मात्रै निर्णय आज छ । आज बजेट वक्तव्य संसद्मा पेस गर्नका लागि स्वीकृति भएको छ ।’

सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =