झरी पछि खुलेको फेवा ताल (तस्बिरहरू)
२०८३ जेठ १५ गते

पोखरा । बिहिवार रातभरि परेको अविरल वर्षापछि आज (शुक्रबार) बिहान पोखराको मौसम झन् लोभलाग्दो बनेको छ ।
वर्षासँगै खुलेको मौसमले फेवाताल वरपरको वातावरणलाई झन् सुन्दर बनाएको छ । तालमाथि फैलिएको हल्का कुहिरो, पानीले धुनेजस्तै सफा बनेका डाँडाकाँडा र तालमा झल्किएको आकाशको प्रतिबिम्बले फेवाताललाई मनमोहक बनाएको छ ।
रातभरिको वर्षाले पोखराको जनजीवन केही प्रभावित भए पनि बिहान मौसम खुल्दै जाँदा फेवाताल क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल फेरि बढ्न थालेको देखिन्छ ।
ताल किनारमा पानीका तरंगसँगै देखिएको शान्त वातावरण, बादलभित्र लुकामारी खेलिरहेका पहाड र वर्षापछिको हरियालीले पोखराको प्राकृतिक सौन्दर्यलाई थप जीवन्त बनाएको छ ।
वर्षापछिको यही मोहक दृश्यलाई समेट्ने प्रयासस्वरूप प्रस्तुत छन् फेवातालका केही तस्वीरहरू:

२०८३ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








