एमएमएमा रवीन्द्र ढाँटको ऐतिहासिक जित
२०८३ जेठ १४ गते

काठमाडौं । नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले बिहीबार ऐतिहासिक जित हासिल गरेका छन् ।
मकाओमा आयोजित ‘रोड टु यूएफसी सिजन–५’ अन्तर्गत ब्यान्टमवेट समूहको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अब सेमिफाइनलमा उनले न्युजिल्यान्डका कासिब मुर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मुर्डोकले जापानका योनुसुके मिनामीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
ग्यालेक्सी एरिनामा भएको खेलमा ढाँटले सुरुआती चरणमा केही संघर्ष गरे पनि पछि खेलमा पूर्ण रूपमा पकड जमाउँदै टेक्निकल नकआउटको आधारमा जित निकालेका थिए ।
यस जितसँगै ढाँट यूएफसीसँग अनुबन्धको नजिक पुगेका छन् । अब उनलाई बहुप्रतिक्षित यूएफसी सम्झौता सुरक्षित गर्न दुई जित आवश्यक पर्नेछ ।
२०८३ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








