समय सीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समय सीमाभित्र नै हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिए ।

महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १०० औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने बताए ।

उनले वर्तमान सरकार जनताको हितमा काम गर्दै सदन र जनताप्रति जबाफदेही एवं उत्तरदायी बत्रुपर्ने सुझाव दिए ।

कार्यक्रम युनियनका मोरङका अध्यक्ष वेदराज पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =