केदार घिमिरेको स्पष्टीकरण- विशेष कामले अमेरिका, देशप्रति गद्दारी गरेको छैन

काठमाडौँ । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले आफू विशेष कामले अमेरिका आएको बताएका छन् ।

मङ्गलवार अभिनेता घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा एक कमेडी भिडियो पोस्ट गरे । जसमा युजर समर्पण क्षेत्रीले उनलाई ग्रीन कार्डको लोभले अमेरिका गएको भन्दै कमेन्ट गरेपछि उनलाई जवाफ दिँदै केदारले घरायसी व्यवहार र कामकाज सबै मिडियामा छताछुल्ल भन्नैपर्छ भन्ने नरहेको जवाफ दिए ।

उनले लेखेका छन् ‘म विशेष कामले अमेरिका आइरहेछु , किन यहाँ छु मेरा घरायसी व्यवहार ,कामकाज सबै मिडियामा छताछुल्ल भन्नैपर्छ भन्नेपनि हुँदैन ।’

उनले आफूसँग पहिले नै २०२७ सम्मको भिसा रहेको बताएका छन् । उनले अमेरिकामा यो आफ्नो पहिलो यात्रा नभई सातौँ पटकको यात्रा भएको जानकारी दिए ।

उनले नेपाली नागरिकता नत्यागेको र ग्रीन कार्ड समेत नलिएको दाबी गरे । आफूले गर्ने सबै काम नेपालमै रहेको भन्दै उनले देशप्रति गद्दारी नगरेको स्पष्टीकरण दिए ।

‘म पहिलो चोटि अमेरिका आएको होइन , यो मेरो सातौँ पटकको यात्रा हो , मैले ग्रीन कार्ड समेत लिएको छैन । मैले नागरिकता त्यागेको होइन , अमेरिकी नागरिकता लिएको छैन, देशप्रति गद्दारी गरेको छैन, मैले अब गर्ने सबै काम नेपालमै छ । मेरो जायजेथा , अंश , सम्पत्ति सबै नेपालमै छ । अचम्मै चाहिँ के भयो त ? तपाईँलाई के फरक पर्यो त ? यति अनुरोध गरेँ मैले ।’ जवाफ दिएका छन् ।

साथै उनले अमेरिका आएर पनि हँसाउन नछाडेको भन्दै ‘म अमेरिका आउँदैमा तपाईँको जीवनमा के फरक पर्यो त ?’ भन्दै प्रश्न गरे ।

पछिल्लो समय अभिनेता घिमिरे कलाकारिता छाडेर ग्रीन कार्डका लागि अमेरिका गएको भन्ने खबरका कारण चर्चामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =