उच्च अदालतले माग्यो ‘लालीबजार’को सक्कल सफ्टकपी

काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को सफ्टकपी पेश गर्न आदेश दिएको छ ।

आज न्यायाधीश स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले निर्माता कम्पनी षट्कोण आर्ट्सलाई उक्त निर्देशन दिएको हो ।

फिल्मको सक्कल प्रति अध्ययनका लागि फिर्ता लैजाने गरी सफ्टकपी उपलब्ध गराउन इजलासले निर्देशन दिएको हो ।

केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिलसमेत झिकाउन इजलासले आदेश दिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाइ हुँदै गर्दा मङ्गलवारको इजलासले फिल्मको प्रति माग गरेको हो ।

अदालतका प्रवक्ता गोविन्द्रप्रसाद कोइरालाका अनुसार निर्माता पक्षले पेनड्राइभमार्फत फिल्म बुझाएको भए पनि इजलासले सफ्टकपी नै मागेको हो । उनले विवादित भनिएका दृश्य र कथावस्तुबारे इजलासले अध्ययन गर्ने जानकारी दिए ।

फिल्मविरुद्ध दायर रिटमा बुधवार पुनः पेशी तोकिएको छ ।

‘लालीबजार’ले वादी समुदायको मर्यादामा आँच पुर्‍याएको दाबी गर्दै रोशनी वादीले अदालतमा रिट दायर गरेकी थिइन् ।

उक्त फिल्म हाल देशभरका हलमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =