पूर्वी टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प
२०८३ जेठ ७ गते

एजेन्सी । टर्कीको पूर्वी प्रान्त मालत्यामा बुधवार ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) काअनुसार स्थानीय समयअनुसार बिहान ९ बजे भूकम्पको धक्का महशुस गरिएको थियो ।
प्राधिकरणले दिएको जानकारीअनुसार उक्त भूकम्पको केन्द्रविन्दु बट्टालगाजी जिल्लामा जमिनको सतहबाट ७.०३ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का मालत्याका साथै वरपरका अन्य छिमेकी प्रान्तहरूमा पनि महशुस गरिएको थियो ।
२०८३ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








