सुनको मूल्य तोलामा आठ सयले वृद्धि
२०८३ जेठ ४ गते

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ ।
आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।
यस्तै, चाँदी प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु पाँच हजार ४० निर्धारण गरिएको छ ।
२०८३ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








