दर्शकको मागपछि ‘ग्रान्ड रिहर्सल’ जेठ १० सम्म मञ्चन हुने

थिएटरका अनुसार दर्शकको मागलाई मध्यनजर गर्दै नाटकको प्रदर्शन अवधि एक हप्ता थप गरिएको हो।

काठमाडौँ। मण्डला थिएटर नेपालमा मञ्चन भइरहेको हास्य प्रधान नाटक ‘ग्रान्ड रिहर्सल’ को प्रदर्शन अवधि एक हप्ता थपिएको छ। मण्डला थिएटरका अनुसार दर्शकको उत्साहजनक उपस्थितिपछि नाटकको शो आगामी जेठ १० गतेसम्म लम्ब्याइएको हो।

बेलायती रङ्गमञ्च समूह ‘मिस्चिफ थिएटर’ का हेनरी लुइस, जोनाथन सेयर र हेनरी शिल्ड्सद्वारा लिखित नाटकबाट प्रेरित ‘ग्रान्ड रिहर्सल’ वैशाख ११ गतेदेखि नियमित मञ्चन हुँदै आएको छ। नेपाली परिवेशमा रूपान्तरण गरिएको यस नाटकलाई रङ्गकर्मी अनुप न्यौपाने र उमेश तामाङले स्थानीय स्वाद दिएका हुन्।

‘नाटकभित्रको नाटक’ शैलीमा तयार गरिएको यस नाटकको निर्देशन उमेश तामाङले गरेका छन्। नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, श्रीशेष श्रेष्ठ, अमिर ताम्राकार, सुजन घिमिरे, बलबहादुर राई र राजाबाबु कार्कीको अभिनय रहेको छ।

करिब १ घण्टा ३० मिनेट लामो नाटक सोमबार बाहेक हरेक दिन साँझ ५:३० बजे मञ्चन भइरहेको छ भने शनिवार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ। थिएटरका अनुसार दर्शकको मागलाई मध्यनजर गर्दै नाटकको प्रदर्शन अवधि एक हप्ता थप गरिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =