नेपालभर सुरु भयो सुजुकी ई–भिटाराको डेलिभरी

काठमाडौँ । सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई-भिताराको डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले यसलाई नेपाली बजारमा सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीका रूपमा प्रस्तुत गरेको छ ।
कम्पनीका अनुसार जापानी इन्जिनियरिङ, उन्नत विद्युतीय प्रविधि, आधुनिक सुरक्षा सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त डिजाइनका कारण ई–भिटाराले ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइसकेको छ । बुकिङ भएका गाडीहरूको डेलिभरी सुजुकीका आधिकारिक डिलर सञ्जालमार्फत भइरहेको जनाइएको छ ।
लन्चको अवसरमा कम्पनीले ई–भिटाराको ntroductory price रु. ४९ लाख ९९ हजार तोकेको छ । यो मूल्य सीमित अवधिका लागि तथा पहिलो १०० बुकिङमा मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ । विभिन्न ब्याट्री क्षमता र भेरियन्टअनुसार गाडीको मूल्य फरक–फरक रहेको बताइएको छ ।

नेपालभर रहेका २५ आधिकारिक सुजुकी बिक्री केन्द्र तथा ४० सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । अत्याधुनिक सेवा सुविधा, सुनिश्चित स्पेयर पार्ट्स उपलब्धता, प्रशिक्षित प्राविधिक जनशक्ति तथा विद्युतीय सवारी सेवा क्षमताले ग्राहकलाई सहज र विश्वसनीय स्वामित्व अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ ।
हाल नेपाली बजारमा विभिन्न नयाँ विद्युतीय सवारी प्रवेश गरिरहेका बेला सुजुकीको दीर्घकालीन ब्रान्ड विश्वास, देशव्यापी सेवा पहुँच तथा बिक्रीपछिको सेवा क्षमताले ग्राहकलाई थप विश्वसनीयता दिने कम्पनीले जनाएको छ ।








